वीरगञ्ज । ५५ लाख रुपैयाँ बराबरको सुनसहित वीरगञ्जका एक युवक हेटौडामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी २२ वर्षीय किसन साह रहेका छन् । प्रहरीले उनको साथबाट करिव ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा यात्रुवाहक बस जाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित साहलाई नियन्त्रणमा लिएको थियो ।मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीकाअनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।
प्रहरीले बुधबार बिहान करिब ३ बजे साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।