बीरगंज, बैशाख ५


पर्सागढी नगरपालिका वडा न ३ मा रहेको जनता माध्यमिक बिधालय पकडिया बडनिहारको बिधालय ब्यवस्थापन समिती गठनमा बिबाद हुन्दा स्थगित भएको छ ।शिक्षा बिकाश समन्वय एकाई पर्साका प्रतिनिधि मनोज चौधरीको अध्यक्षतामा शनिबार बसेकाे अभिभावक भेला बाट बिधालय ब्यवस्थापन समितीमा अभिबावक मध्य २ पुरुष र २ महिला सहित ४ जना छनोट गर्नु पर्नेमा अभिभावक बाट धेरै जना आकान्छि देखियका र केहि फर्जी अभिभावक हरुले समेत सदस्य मा दाबी गरेपछि अभिभावक बाट कडा रुपमा बिरोध भए पछि शनिबार साझ अबेर सम्म सहमतिको प्रयास गर्दा पनि सहमती हुन नसक्दा स्थगित गर्नु परेको बिधालयका प्रधानाध्यापक मोहन चौधरीले बताएका छन ।यता अभिभावक शम्भु दास थारुका अनुसार बिधालय प्रसासनको मिलोमतोमा बिधालयमा अध्यनरत नरहेका बिधार्थिका केहि अभिभावक हरुले सदस्य पदमा दाबी गरेको कारण सहमति हुन नसकेको बताएका छन ।अभिभावक भेलामा शिक्षक महासघ पर्सागढी नगरपालिकाका अध्यक्ष रामबहादुर चौधरी शिक्षक महासघ पर्सागढिका महासचिव राजिन्द्र चौधरी श्री राष्ट्रिय माध्यमिक बिधालय मनवाका प्र अ चेतमन दास थारु नेपाल राष्ट्रिय आधारभुत बिधालयका प्र अ बिन्दा दास थारु , पर्सागढि नगरपालिका वडा न ३ का वडा अध्यक्ष उद्घब बहादुर उप्रेती पुर्ब गाबिस अध्यक्ष गोकर्ण पाठक पुर्ब बि ब्य स का अध्यक्ष सन्तुदास थारुले सुबेच्छा मन्तब्री राखेका थिए भने स्वागत मन्तव्य बिधालयका प्र अ मोहनदास थारुले गरेका थिए भने सहजिकरण राजन गिरिले गरेका थिए ।