इलाका प्रहरी कार्यालय पोखरीया , शस्त्र प्रहरी वेश क्याम्प, पोखरीया अस्पताल,जि उ रा मा वि, युवा समाज को सहयोग मा पोखरीया नगरपालिकाको आयोजनामा सफा पोखरीया स्वच्छ पोखरीया मुल नाराका साथ प्रथम तुलसयान स्वच्छ नेपाल एप्स को आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।


प्रशासन शाखा प्रमुख अजय श्रीवासतवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रधुम्न चौहानले यो कार्यक्रम नगर तथा गाउँहरूका लागि महत्वपूर्ण भूमिका खेल्ने छ। पोखरीया नगरपालिका सरसफाईमा टेवा पुगदैछ ।यो कार्यक्रम को लागि आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा उप प्रमुख रुबि ठाकुर, शसस्त्र प्रहरी नायब उपरीक्षक किरन प्रकास खत्री, प्रहरी निरीक्षक मोहन बिक्रम केसी वाडा अध्यक्ष लक्ष्मण साह कानु, लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन सुजित गिरीले गरेका थिए। कार्यक्रममा एप्स निर्माता प्रथम तुलसयानले एप्स नगरपालिकालाइ निशुल्क उपलब्ध गराएका थिए। नगर भित्र जथाभावी हुने फोहोरलाइ एप्स मार्फत नगरपालिकालाइ जानकारी गराउन सकिने छ।जस बाट फोहोर व्यवस्थापन गर्न सकिने निर्माण कर्ता तुलसयानले बताए। कार्यक्रममा युवा , कर्मचारी, बिधार्थी, जनप्रतिनिधि लगायत को उपस्थिति रहेको थियो।