ट्रान्सपोर्ट एसोसिएसन संघ वीरगन्जले पछिल्लो समय प्रहरीले चेकजाँचको नाममा ट्रान्सपोर्टको माल समान रोकेर दुख दिएकै भन्दै आन्दोलित बनेको छ ।
ट्रान्सपोर्ट बाट गाडी ढुवानीको माल समान लोड गरेर गन्तव्य तर्फ निस्किदा प्रहरीले अनावश्यक रूपमा पक्राउ गरेर दुख दिएको भन्दै उनीहरू आन्दोलित बनेका हुन ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर एसोसिएसन संघले प्रहरीले चेकजाँचको नाममा अनावश्यक रूपमा दिदै आएको कामलाई नरोके ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन ।
पत्रकार सम्मेलन अगाडि एसोसिएसन संघले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै तीन दिन भित्र प्रहरीले यस्ता गतिविधि नरोके ढुवानी रोक्ने चेतावनी दिएका छन ।
उनीहरूले प्रहरीलाई ट्रान्सपोर्ट बाट रकम माग गरेको तर नदिए गाडी रोकेर दुख दिदै आएको संघका सचीव नवराज अधिकारीले बताए ।
उनका अनुसार नेपाली माल समान लोड गर्दा पनि प्रहरीले गाडीलाई रोकेर चेकजाँच गरेर गाडीलाई होल्ड गरेर ढुवानी ब्यवसायीलाई समस्या पारेको छ ।
प्रहरीले घुमुवा पठाएर रकम माग गर्न लगाएको र नदिएपछि दुख दिने नियतले पक्राउ गर्न लगाएको उनको आरोप छ ।
पत्रकार सम्मेलनमा एसोसिएसन संघका उपाध्यक्ष प्रवीण कर्णको अध्यक्ष्तामा भएको पत्रकार सम्मेलनमा एसोसिएसन संघका कोषाध्यक्ष जिवेश मिश्र लगायतकाको सहभागीता रहेकोे थियो ।