बीरगंज,बैशाख ६
पर्साका प्रहरी उपरिक्ष बेलबहादुर पाण्डेले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरीले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । आवाज एफ.एम. ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै प्रहरी उपरिक्षक पाण्डेले हाल जिल्लाको शान्ति सुरक्षालाई असर पार्ने खालका घटना नभएको दावी गर्नुभयो । उहाँले खुल्ला सिमानाका कारण शान्ति सुरक्षा व्यवस्थापनमा चुनौती भएपनि पर्सा प्रहरी कुनै समझौता नगरीकन काम गरिरहेको बताउनुभयो ।सिमा नाकामा हुने तस्कारीलाई नियन्त्रण गर्न प्रहरीले बिशेष कदम चालेको बताउनुभयो । उहाँले शंका लागेका प्रहरी चौकीहरुमा फेरबदल गरिएको समेत बताउनुभयो । उहाँल खुल्ला सिमानाका कारण तस्करी नियन्त्रणमा अलि समस्या भएको बताउनुभयो ।
उहाँले जिल्लामा संक्रमण बढ्न नदिन प्रहरी आफै थर्मलगन लिएर चेकजाँचमा जुट्ने बताउनुभयो । पाण्डेले अहिले कारोना नियन्त्रण गर्न समस्या भएको बताउनुभयो । उहाँले कोरोना नियन्त्रण गर्न अनिवार्य मास्क , राती ९ बजेपछि होटल व्यवसाय बन्द , २५ भन्दा बढि भिडभाड नगर्न लगायत काम भएको बताउनुभयो । उहाँले प्रहरीले बिभिन्न संचार माध्यम र माईकिगङ्ग मार्फत पनि जनचेतना जगाउने काम गरेको बताउनुभयो । उहाँले भोलीदेखि मास्क नलगाउनेलाई कारवाही गरिने बताउनुभयो । पाण्डेले स्वास्थ्य मापदण्ड अपनाएर काम गरे लकडाउन लगाउन आवश्यक नपर्ने दावी गर्नुभयो । उहाँले २५ जना भन्दा बढि भिड जम्मा नगर्न पनि अनुरोध गर्नुभयो ।उहाँले सिमा नाकामा प्रयाप्त जनशक्ति नहुदा कोरोना नियन्त्रणमा कठिनाई भएको बताउनुुभयो । पाण्डेले मास्क लगाउन, भिडभाड नगर्न ,सेनेटाईज गर्ने लगायतको स्वास्थय मापदण्डको पालना गरिदिन अनुरोध गर्नुभयो ।