बीरगंज,बैशाख ६
सरकारले केही वर्ष देखि भैंसी, राँगा, गाई गोरुको भन्सारमा रोक लगाए संगै पर्साको ग्रामीण क्षेत्रको नाकाबाट स्थानीय तहका जनप्रतिनिधिहरुकै सिफारिसमा राँगा, भैंसी र गाई गोरुको तस्करी भईरहेको पाइएको छ। पर्साको छिपहरमाइ गाउँपालिका, धोबनी गाउँपालिका , जगरनाथपुर गाउँपालिका , जिराभवानी गाउँपालिका र ठोरी गाउपालिका जनप्रतिनिधिहरुको सिफारिसमा बढी तस्करी हुने गरेको पाइएको छ । तस्कर हरुले भारतबाट अबैध रुपमा तस्करी गरि नेपालको सिमावर्ती गाउँमा गाई भैंसी र पाडाहरु राखी त्यहा बाट स्थानीय जनप्रतिनिधि हरुलाइ आर्थिक प्रलोभनमा पारी सिफारिस गराएर दिनहु सयौको सङ्ख्यामा भैसि पाडा र गाई गोरु बाराको जितपुर , पोखरा र नारायणघाट बजारमा पिकअप र ट्रकमा लोडगरी लगेर बेच्ने गरेको स्थानीयले बताएका छन । यसैबिच प्रहरीले आज भारत बाट तस्करी गरि ल्याइएको दुईवटा दुहिना गाइ सहित एउटा पिकअप नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक उपेन्द्र प्रसाद चौधरीको नेतृत्वमा गएको गस्ती टोलिले आज बेलुकी पर्सालो जगरनाथ पुर गाउँ पालिका वार्ड नम्बर एक का वार्ड अध्यक्ष मगरु राउत गदि को सिफारिसमा पर्साको पर्सागढी नगरपालिकामा बेच्न लगिरहेको अवस्थामा दुईवटा दुहिना गाई सहित ना २ च ५२४८ नम्बरको पिकअप जगरनाथपुर गाउँबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको गाई र पिकअपलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक उपेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो।