मोरङ — कोशी प्रदेश सकारले बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढीपहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक लाख र घाइतको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रूपैयाँका दरले उपचार खर्च राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।प्रदेश १ स्थित पूर्वी पहाडी जिल्लामा भएको भारी वर्षाले जनधनको क्षति भएको छ ।
यस्तै, प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि गठन गरेको वार्ता समितिलाई प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताए ।