बीरगंज, बैशाख ६
पर्सा जिल्लामा कोरोना भाइरस दैनिक जसो बडदै गएको भन्दै सो लाई नियन्त्रण गर्न आज देखि प्रहरीले माक्र्स नलगाई हिड्ने मानिसहरुलाई रु १०० को जरिवाना गर्न थालेको छ।बीरगन्जको घन्टाघरमा बिहानैदेखि प्रहरीले सडकमा आवतजावत गर्ने बिना माक्र्स हिड्ने एक पटकका लागि रु १०० को जरिवाना र समझाई बुझाइ पठाएको प्रहरीले जनाएको छ।पर्सा जिल्लामा हिजो मात्रै ४० जनामा कोरोना संक्रमित फेला परेको हो।कोरोना भाइरस समुदाय स्तरमा नफैलियो भनेर बीरगन्ज महानगरपालिकाले महानगर भित्रका सामुदायिक बिधालय र संस्थागत बिधालय कक्षा १ देखि कक्षा ५ सम्मका बिधालयलयहरु आज देखि बन्द गरिएको महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत हरि राउतले जानकारी दिनुभएको छ