बीरगंज, बैशाख ६
पर्सा जिल्ला बैरिया बिर्ताका ४७ वर्षिय सुलोमान हवारीको मुटुको शल्यक्रिया गर्न सफल भएको बताए ।आज नेशनल मेडिकल कलेजका ब्यवस्थापनका डाक्टर प्रमोद सरार्फले पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिनुभएको हो ।हवारीको मुटुमा २ वटा प्वाल रहेकोले डाक्टर अफरोज अंसारी,डाक्टर कौशल तिवारी,डाक्टर अचुत्यान्नद कर्ण,डाक्टर जितेन्द्र कुमार मिश्रा लगायतको टोलीले शल्यक्रियामा ठूलो भुमिका रहेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुर्दिन अन्सारीले बताएका छन् ।उनलेे भने हवारीको आर्थिक कमजोर भएकोले सो मुटुशल्यक्रिया गर्न रु ५ ,६ लाख खर्च लग्ने गरेकोमा मेडिकल कलेजले निशुल्क गरेको बताए ।सरकारले गरिव विपन्न वर्गको लागि रु १ लाख सम्म सहयोग गर्ने गंगालाल अस्पतालमा भए पनि आफ्नो कलेजमा अहिले सम्म सो ब्यवस्थापन नगरेकोमा दुःख लागेको अन्सारीको भनाइ रहेको छ।नेशनल मेडिकल कलेजमा ३ वर्षको अवधिमा एनजीग्राफि ७०० एनजीओ मुटु बन्द जाली ५१ वटा ,नर्मल जाली खोल्ने २०० वटा बन्द मुटुको ३०१ रहेको डाक्टर अफरो अंसारीले बताएका छन् ।