पकाहाँमैनपुर । पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिकाको गाउँसभा सुरु भए पनि वडामा आएको विवादका कारण गाउँसभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुबीच योजना छनौटमा विवाद हुँदा गाउँपरिषद् सम्पन्न हुन सकेन ।
१ नम्वर वडाका वडा अध्यक्ष विनोद मेहताका अनुसार गाउँपालिका अध्यक्ष सुरेश मेहताले आफु अनुकुल ४ करोड बराबरको बजेट विनियोजन गर्न लागेको भन्दै हामीले नमाने पछि विवाद भई गाउँसभा स्थगित भएको बताए । गाउँपालिकामा दुईपक्षबाट योजना पेश भएको हुँदा दुवै पक्षलाई मिलेर योजना ल्याउन आग्रह गर्दा गर्दै पनि गाउँपालिका अध्यक्ष मेहताले नमानेको र जनप्रतिनिधि भन्दा बढी विचौलैयहरुको हालीमुहाली भएका कारण गाउँ सभा स्थगित भएको बताए ।
गाउँपालिका अध्यक्ष मेहताले एकलौटी रुपमा टोलगत भन्दा पनि व्यक्तिगत योजना अगाडि बढाएको हुँदा विवाद भएको वडा अध्यक्ष मेहताले बताए ।
पकाहाँमैनपुर गाउँपालिकामा दुई जना वडा सदस्य बाहेक पुरै कांग्रेस जिते पनि यस्तो विवाद हुनु भनेको गाउँपालिका विनाश हुनु हो भने स्थानियहरुको बुझाई छ ।बजेट विनियोजनमा तथा योजना छनौटमा सहमति हुन नसकेकोले गर्दा गाउँसभा नै स्थगित हुन पुगेको छ ।
गाउँपालिका अध्यक्ष मेहतासंग सम्पर्क गर्दा उहाँको नम्बरमा फोन गर्दा नम्बर मिलेन पछि सम्पर्क हुँदा उहाँको प्रतिक्रिया समेटिने छ।