वीरगन्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष लगायत सदस्यहरूबीच कुरा नमिल्दा गाउँसभा अन्योलमा परेको छ । गाउँसभा चलिरहेका बेला पालिका अध्यक्ष सुरेश मेहताले आफूखुसी कमिसनमुखी योजनाको प्रस्ताव गरेपछि वडा अध्यक्षहरु लगायत सदस्यसहितका जनप्रतिनिधिले विरोध जनाउँदै सभा बहिष्कार गरेका गरेका थिए ।
असार ९ र १० गते नीति कार्यक्रम र बजेट पेस गर्ने कार्यक्रम रहेकामा पेश भए लगत्तै वडा अध्यक्षहरुले बहिष्कार गरेपछि गाउँसभा स्थगित भएको हो । त्यसपछि बुधबार भनिएको बैठक आज पनि बसेको छैन ।
बैठक बस्ने सभा हलमा सम्पूर्ण जनप्रतिनिधिहरु पुगे पछि गाउँपालिका अध्यक्ष सुरेश मेहता र प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा अनुपस्थित रहेका थिए ।
एकैचोटी पालिका प्रमुख मेहता र अधिकृत कुशवाहा अनुपस्थित भए संगै गाउँसभा अन्योलमा परेको देखिनै सँग उहाँहरुको गतिविधि माथि पनि संका हुन लागेको वडा अध्यक्षहरुको कथन छ ।
एक वडा अध्यक्षका अनुसार उहाँहरू अनुपस्थित भएको खण्डमा हामीले उहाँहरूसंग सम्पर्क गर्दा हामीले एक्लै गाउँसभा गर्ने कुरा गरेको बताए ।
यस विषयमा प्रमुख प्रशासकिय अधिकृत कुशवाहासँग बुझ्न खोज्दा हामीले प्रस्तुत गरेको बजेटमा वडा अध्यक्षहरुले असहमति जनाएको भन्दै गाउँ सभा स्थगित गरिएको बताए । साथै केही बुँदामाथि कुरा नमिलेको कारण गाउँसभा स्थगित गरियो र त्यो बुँदामाथि चाँडै सहमति गरेर गाउँ सभा गरिने उहाँले बताउनु भयो । केही संचारकर्मीहरुले आफूखुसी गाउँसभा भएको समाचार प्रकाशन गरेको बताए । अहिले गाउँसभा नभएको बताए ।