बीरगंज,बैशाख ६
जनता समाजवादी पार्टीका जिल्ला सचिब तथा युवा समाजसेबी एवं कोभिड एक्शन टिमका परिकल्पनाकार तवरेज अहमदले अव कोभिड संक्रमितहरु उपचार पाइएन भन्ने अवस्थाको अन्त्य गरिने र उनका घर परीवारलाई सहारा प्रदान गर्नको लागि कुनै कसर बाँकी नराख्नृे धारणा राख्नुभएको छ ।
आवाज एफएम ८८ मेघहर्जको समय सन्दर्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो कुरा बताउनुभएको हो । उहाँले सबैसंग समन्वय गरेर अव टिममा रहेका सदस्यहरुको बैठकको आयोजना गरि क्वीक रेस्क्यु गरिने धारणा समेत राख्नुभएको छ । अव सबै दल र बिचार भन्दा माथि उठेर मानिसको जीवन रक्षाको लागि लागिपर्ने समेत बताउनुभयो ।
उहाँले स्रोत र साधनको अभावमा पनि निश्वार्थ भावका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो । आफ्नो स्वास्थ्यको सुरक्षा सकभर आफैं गर्ने स्वास्थ्यका मापदण्ड पुर्णतया पालना गरि अघि लम्क्यो भने यसले चाँडै नियन्ण अवस्थामा पुग्ने बताउनुभयो । उहाँले हरेक सरकारले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले जनताले अनुभुति हुने काम गर्नुपर्ने र त्यसमा सबैको बीचमा समन्वय हुनुपर्ने धारणा समेत राख्नुभयो । अव बिस्तारै सरकारले आफ्नो उपस्थिति देखाउला नै संघीयता नेपालको सन्दर्भमा नयाँ प्रयोग थियो त्यसैले पनि कही कतै समस्या आयोहोला तर सरकारले इमान्दारिताको साथ काम गरेको छ ।
कुनैपनि सरकारलाई वाही वाही गर्ने अवस्था नभएपछि बिस्तारै सुधार भएर जाला भन्ने कुरामा बिश्वास गर्नुपर्छ ।