बीरगंज, बैशाख ६
कोभिड-१९ को संक्रमण व्यापक रुपमा वर्तमान अवस्था मा फैलिरहेकोले त्यसको प्रत्यक्ष प्रभाव बिधालयका विधार्थीहरुमा पर्ने भएकोले जोखिमलाई मध्यनगर गर्दै आज शिक्षा शाखाको आयोजानामा शिक्षा अधिकृत,शिक्षक महासंघको प्रतिनिधि,प्र.अ तथा शिक्षा संग सरोकार राख्ने ब्यक्तीहरुको बैठक बसि मिति २०७८/१/७ गते देखि सबै बिधालयको पठन पाठन अर्को सूचना नहुनजेलसम्मको लागि बन्द गरिएको तथा कक्षा १ देखि ५ सम्म देखि आन्तरिक मुल्यांकनबाट कक्षा वृद्धि गर्ने तथा कक्षा ६,७,८ र ९ को आन्तरिक परिक्षा २०७८/१/१२ देखि २० गते भित्र निर्धारित समयमा दिनको दुई सिफटमा कोरोना संक्रमणबाट बच्ने सुरक्षाको मापदण्ड अपनाई संचालन गर्न/गराउन निर्णय गरियो। सो बैठक मा बिन्दवासिनी गापाको शिक्षा प्रमुख कपिल लामिछाने, शिक्षक महासंघ अध्यक्ष धर्मेन्द्र कुमार चौबे,सह-अध्यक्ष मुकलेश गदि,EGRP पर्सा संयोजक रामनारायण साह रौनियार,महासंघ सदस्य नन्दु कुमार यादव लगायत १ सामुदायिक,संस्थागत,शैक्षिक गुठी तथा धार्मिक बिधालयका प्र.अ.हरुको उपस्थित रहेको शिक्षक महासंघ सह-अध्यक्ष मुकलेश गदिले बताउनु भएको छ ।