वीरगन्ज । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध घरेलुु मदिरा बरामद गरि नस्ट गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म सुवर्ण पुर बाट सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खाती को नेतृत्व मा गएको सशस्त्र प्रहरी को गस्ती टोलिले ठोरी गाउँ पालिका वार्ड नम्बर चार स्याउली बस्ती को नाका हुँदै भारत लैजादै गरेको अवस्था मा गएराती १ बजेको समयमा प्लास्टिक को प्याकिङ गरि ५ वटा बोरामा लैजादै गरेको २०४ लिटर तैयारी घरेलु मदिरा पक्राउ गरेको हो ।
पक्राउ गरिएको तैयारी मदिरा लाई ठोरी पाच का वार्ड अध्यक्ष अस्टबहादुर लोप्चन स्थानीयबासी , नेपाल प्रहरी र सन्चारकर्मी को रोहवरमा नस्ट गरिएको सशस्त्र प्रहरी बल प्रस्ताबित गुल्म का सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खाती ले जानकारी दिनुभयो