बीरगंज, बैशाख ६
प्रदेश २ सरकारद्वारा विरगंजमा स्थापना हुने विज्ञान तथा प्रविधि विश्वविधालय सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम ठाकुरराम बहुमुखि क्याम्पसको सभाहलमा माननीय मुख्यमन्त्री लालवावु राउत गदी ज्यूको प्रमुख अतिथित्यमा विभिन्न विषय क्षेत्रका विज्ञहरु तथा उद्योगपतिहरु संग छलफल , सल्लाह र सुझाव समेत संकलन गरिएको छ। सामाजिक विकास मन्त्री नवल किशोर साह ज्यूको अध्यक्षता कार्यक्रम सम्पन भएको छ। जसको सहजीकरण विजय यादव ले गर्नुभएको हो।
उक्त कार्यक्रममा जसपा नेता प्रहलाद गिरी, करिमा वेगम, प्रमुख सचिव गोकर्ण मणी दुवाडी, निती योजनाका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मेयर विजय सरावगी, उधोग वाणिज्य सघ अध्यक्ष सुबोध गुप्ता, उद्योगपति गणेश लाठ, अशोक टेमानी, क्यामपस प्रमुख डा. उमेश चौरसिया, प्रध्यापक डा. दिपक शाकय, डा. किरपासिन्धु चौधरी, डा. प्रमोद कुशवाहा, डा. केदर सर, डा. अब्दुल कइम सर, शत्रुधन सर, लगायत तमाम वुद्धिजिवी,विद्वान गुरुवर्ग ज्यूहरुको गरिमामय उपस्थिति रहेको थियो।