बीरगंज,वैशाख ६
पर्साको दोश्रो सदरमुकाम स्थित पोखरिया जिल्लास्तरीय अस्पतालमा आजदेखि क्षयरोगको परीक्षण तथा उपचार सुरु भएको छ ।पोखरिया नगरपालीकाका नगरप्रमुख दिपनारायण रौनियारले एक कार्यक्रम बीच क्षयरोग उपचार र परीक्षण सेवाको उद्घाटन गरेका छन् ।पोखरिया नगरपालिकाको पहलकदमी र प्रदेश नं. २ सरकारको स्वास्थ्य निर्देशानालयको सहयोगमा करिब ४० लाखको लागतमा क्षयरोगको उपकरण जडान भएको हो ।व बीरगंजको नारायणी अस्पताल पछि पर्सामा क्षयरोग उपचार र परीक्षण सेवा पोखरियाबाट सुरु भएको हो । क्षयरोग सेवाको उद्घाटन गर्दै पोखरिया मेयर रौनियारले ग्रामिण भेगका क्षयरोगीहरुलाई उपचार र परीक्षणका लागि वीरगञ्ज धाउने समस्या अन्त्य भएको बताउनुभयो ।कार्यक्रममा पोखरिया नगर उपप्रमुख सलमा खातुन,प्रदेश नं. २ का स्वास्थ्य निर्देशक प्रविण मिश्रा, जसपाका केन्द्रिय सदस्य नेजामुद्धिन समानी, पोखरिया वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु लगायतको उपस्थिती रहेको थियो ।