बीरगंज, बैशाख ६
बाराको देवताल गाउँपालिकाका अध्यक्ष चंदन सिंहले अफ्नो व्यक्तिगत लगानीमा कलैया उपमहानगरपालिका वडा २० बसतपुरमा नवनिर्मित दुर्गा मंदिरमा नवदुर्गा माताको मुर्तिको सम उद्घघाटन गाउँपालिका अध्यक्ष सिंहले गर्नु भएको छ ।
बसतपुर चौक स्थित नवनिर्मित दुर्गा मंदिरमा असि हजारको दुर्गा माताको मुर्ति र बिस हजार व्यवस्थापन खर्च आफ्नो व्यक्तिगत लगानीमा गरेको अध्यक्ष सिंहले बताउनुभयो । हरेक क्षेत्रको बिकसको साथै धर्म संस्कृतिको विकासमा पनि जोड दिएको धारणा राख्नु भएको थियो ।
यस्तो राम्रो कामको लागि बसतपुर बासिले धन्यवाद सहित खुसि व्यक्त गरेका थिए । सो कार्यक्रममा देवताल गाउँपालिकाका र बसतपुरका सम्पुर्ण जनप्रतिनिधि तथा समाज सेवी र जनताको उलेखित सहभागित रहेको थियो ।