बीरगंज, बैशाख ६
पर्साको पोखरिया नगरपालिक स्थित रहेको पोखरिया युवा कल्बले दुई जना विपन्न,आर्थिक स्थिति कमजोर, गरीब बर्गका छोरीलाई विहेको लागी खाद्यान समाग्री सहयोग गरेका छन । सोमाबर पोखरिया युवा कल्बले आर्थिक रुपले कमजोर रहेका दुबै जनाको घरमा नै पुगी सामग्री दिएको पोखरिया युवा कल्बका सहसचिव निरन्जन क्षेत्रीले बताए ।उनका अनुअसार चामल , दाल ,आलु ,प्याज , तेल ,नुन, पातल र पलास्टिकका गिलास दुवै परिवारलाई दिइएको हो । कल्बका अध्यक्ष अफरोज आलमले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने बताए ।यस अघि कल्बका पदाधिकारीका सहयोगमा क्यान्सर पिडित बालकलाई उपचार स्वरूप १५ हजार रुपैया सहयोग गरेका थिए । अध्यक्ष आलमले सहयोग गर्ने सम्पूर्ण कल्बका सहकर्मीलाई धन्यबाद दिएका छन्।