पर्सा ६ बैसाख
पर्सा को दोस्रो सदरमुकाम पोखरिया अस्पतालमा आज जिनएक्स्पोर्ट मशिनको उदघाटन भएको छ। प्रदेश नं २ समाजिक बिकास मन्त्रालयको सहयोगमा लयाएको पोखरिया अस्पतालमा क्षयरोगको लागी जिनएक्सपोर्ट मशिनलाई बिधुवत रुपमा प्रदेश स्वास्थ्य प्रयोगशाला निर्देशक श्रवण मिश्राले उदघाटन गर्नु भएको थियोे । क्षयरोगी पता लगाउन सजिलो संग चेक जाच गरिने निर्देशक मिश्राले जनाए। क्षयरोग पता लगाउन चेकजाँच जिनएक्सपोर्ट मशिन प्रयोग गरि छिटो र छरितो रिपोर्ट लिनसकिने बताए । खखार माईक्रोसपी बाट चेकजाँच गर्दा चेकजाँचमा समस्या देखिएको ले यो जिनएक्सपर्ट मशिन बाट छिटो छरितो क्षयरोग को रिपोर्ट अाउने बिश्वास रहेको बताए । क्षयरोग को लागी जिनएक्सपर्ट मशिन को उदघाटन कार्यक्रम मा पोखरिया नगरप्रमुख दिपनारायण रौनियार,उपमेयर सलमा खातुन,पोखरिया अस्पताल का नि,मेडिकल सुपरिटेन्डेन्ट संजय गुप्ता ,पोखरिया नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी , जसपा केन्द्रीय सदस्य नजामोदिन समानी, वाडअधयक्ष लक्षमण साह कानु बिना देबी बैठा,लगायत को सहभागिता रहेको थियौ ।