कृष्णा प्र.कुशवाहा
बीरगंज, बैशाख ७
पर्सा प्रहरीले भारतबाट भन्सार छलि गरी नेपाल भित्रियाइएको २ लाख बयासी हजार मूल्य बराबरको खाद्यान सामग्री र हार्डवेयर पार्ट्स लगायतका मालबस्तुहरु बरामद गरेको छ ।सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८/०१/०६ गते ४:०० बजेको समयमा बीरगंज महानगरपालिका भित्र इनर्वा, छपकैया, भकुवा, श्रीशिया र नगवा स्थितबाट अबैध रुपमा भन्सार छलि गरी ओसार पोसार गर्दै गरेको अवस्थामा प्रहरीले उक्त सामानहरू बरामद गरेको हो।बरामद गरिएको खाद्यान सामग्री र हाडवेयर पार्ट्सहरु आवशयक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।