कृष्णा प्र.कुशवाहा
बीरगंज,बैशाख ७
बीरगंज महानगरपालिका वडा नं २४ स्थित आफनै घरमा लगी नावालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार १२:३० बजेको समयमा वर्ष ३६ को प्रमोद सर्राफले ७ वर्षिय छोरीलाई आफनै घरमा लागि रु १० दिई फकाई जबरजस्ति करणी गरेको भने पिडित छोरीले बताएको हुँदा कानुन बमोजिम गरिपाऊँ भने समेत व्यहोरा जाहेरी पीडितको बुवाबाट प्राप्त भएको जाहेरीमा उल्लेख छ। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। सर्राफलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।