वीरगन्ज — सुख्खा लागेर पानीको मुहान सुकेपछि पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वडा २ र १० मा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले आफ्नो पालिकाबाट पानी ल्याएर दमकलको माध्यमबाट पानी वितरण सुरु गरेका हुन् ।
वीरगन्ज महानगरपालिका अन्तरगतको सम्पूर्ण वडामा पानीको हाहाकार मचेपछि वीरगंजबाट लगभग २५ किलोमिटर टाढा रहेको छिपहरमाई गाउँपालिकाको दमकलबाट १० हजार लिटर पानी ल्याएर आज बजारबासीलाई पानी वितरण सुरु गरिएको अध्यक्ष गुप्ताले बताए ।
दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार टोलटोलमा दमकलबाट पुर्याइएको अध्यक्ष गुप्ताले बताए । मानव सेवा तथा प्राकृतिक प्रकोपमा दिने सेवाको कुनै सिमा र क्षेत्र हुन्दैन साथै सम्पूर्ण पालिकाले यो विपतको घडीमा नगरपालिकामा भएकाे पानी अभावलाई परीपुर्ती गर्न एकबद्धता भएर सेवा दिन अगाडि बढनु पर्ने समय आएको अध्यक्ष गुप्ताले बताए ।
वीरगन्ज लगायत पर्साको विभिन्न ठाउँमा खानेपानीका मुहान सुकेकाले यतिबेला पानीको हाहाकार भएको छ ।