वीरगन्ज । नेकपा एमालेका युवा नेता अजय कुमार गुप्ताले आज रानीघाटमा खानेपानी बितरण गरेका छन । चापाकल सुकेर जनजिवन नै कष्टकर भईरहेको बेला युवा नेता गुप्ताले सो पानी बितरण गरेका हुन । वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडा प्रत्यासी समेत रहेका गुप्ताले विरगंजको रानीघाटमा १० हजार लिटर पानी बितरण गरेको उनले जानकारी दिए । उनले हिजो छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ताको सहयोगमा पानी मंगाई विरगंजको घडियार्वा लगायतको टोलमा बितरण गरेको थिए । केहि दिन यता चापाकल सुकेर पानीको धेरै समस्या भएको र सो समस्या समाधानको लागि सबन्धित निकायले खासै चासो नदिएकोले आफनै पहलमा पानी बितरण गरेको उनले बताए । पानी नपाउने परिवारले ९८४५१९१७१२ मा सम्पर्क गर्न पनि नेता गुप्ताले आग्रह गरे ।