वीरगञ्ज । निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आई रहेको सुर्या हस्पिटल वीरगञ्जले आई.भि.एफ मार्फत एक शिशुको जन्म गराएको छ । भारतमा दुई पटक सम्म फेल भएको तर ९ महिना देखि बरिष्ठ स्त्री तथा प्रशुति रोग बिशेषज्ञ डाक्टर मोनिका यादव सिंहको निगरानीमा उपचार सेवामा रहेका एक दम्पत्तीले २५ वर्षपछि संतान पाएका छन । निकै खुशि रहेका दम्पत्तीको अन्दाजन उमेर ४० वर्ष रहेको छ । शिशु निकै स्वस्थ्य रहेको बुधबार पत्रकार सम्मेलन मार्फत हस्पिटलको अध्यक्ष डा. मोनिका सिंहले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा डाक्टर सरोज सिंह, सचिदानन्द सिंह लगायत बरिष्ठ पत्रकार महेश दास, पत्रकार महासंघका पर्सा अध्यक्ष अनुप तिवारीलगायतको सहभागीता रहेको थियो ।