वीरगन्ज । नेकपा एमालेका युवा नेता अजय कुमार गुप्ताले आज चौथौं दिन रानीघाटको कुमारीमाई टोलमा खानेपानी बितरण गरेका छन । चापाकल सुकेर जनजिवन नै कष्टकर भईरहेको बेला युवा नेता गुप्ताले आफ्नो व्यक्तिगत लगानीमा सो पानी बितरण कार्य निरन्तर गरिरहेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडा प्रत्यासी समेत रहेका गुप्ताले विरगंजको रानीघाटको कुमारीमाई टोलमा १० हजार लिटर पानी बितरण गरेको गुप्ताले बताए । उनले विरगंजको घडियार्वा , रानीघाट , कुमारीमाई लगायतको टोलमा निरन्तर चार दिन देखि पानी बितरण गर्दै आएका हुन् । केहि दिन यता चापाकल सुकेर पानीको धेरै समस्या भएको र सो समस्या समाधानको लागि सबन्धित निकायले खासै चासो नदिएकोले आफनै पहलमा पानी बितरण गरेको उनले बताए । पानी नपाउने परिवारले ९८४५१९१७१२ मा सम्पर्क गर्न पनि नेता गुप्ताले आग्रह गरे ।