वीरगन्ज ८ बैशाख : विश्वकै सर्वाेच्च शिखर सगरमाथाको ६ हजार १ सय १९ मिटर उचाईमा वीरगञ्ज महानगरपालिकाको ब्यानर टाँसिएको छ । पर्साको ठोरी गाउँपालका वडा नम्बर ५ निवासी हरेराम खड्काले सगरमाथाको ६ हजार १ सय १९ मिटर उचाईमा पुगेर वीरगञ्ज महानगरको ब्यानर लगाएका हुन् ।
सगरमाथा आरोहण गर्न गएका खड्कालाई वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महानगरको तर्फबाट २ लाख ५० हजार रुपैयाँ आर्थीक सहयोगसहित महानगरपालिकाको ब्यानर दिएर विदाई गरेका थिए ।
खड्का मंगलवारसम्म सगरमाथाको ६ हजार एकसय १९ मिटर उच्चाइको लबुचे भन्ने ठाँउसम्म पुगेका छन् । विश्वकै सर्वोच शिखर सगरमाथामा महानगरपालिकाको व्यानर फहराउँदा महानगरवासी गौरवान्वित भएको महानगर प्रमुख सरावगीले बताए ।