वीरगन्ज ८ बैशाख : लायन्स क्लब अफ बीरगंजका जोन पर्सन तथा नेपाली युवा उद्योमी मंचका अध्यक्ष लगायत दर्जनौ संघ संस्थासंग आवद्ध रह्नु भएको अनुप अग्रवालले जुन रुपमा बीरगंजले प्रगतिको मार्ग पहिल्याउनुपथ्र्यो त्यो हुन नसकेपनि अव सबै मिलेर बीरगंजलाई सम्भावना बोकेको रबै तहका नागरि बस्न सक्ने खालको शहर बनाउनु पर्ने धारणा राख्नुभएको छ ।
आवाज एफएम ८८ मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले युवा उद्यमीहरुको क्षमता अभिबृद्धिको लागि बिशिष्ठ खालको तालीम र सेमिनारको अभाव समेत रहेको हुनाले अब आफुले बिस्तारै त्यसको ब्यबस्था गर्ने र उद्योगी क्षेत्रभित्रका समस्या समाधानको लागि लागिपर्ने समेत बताउनु भयो ।
उहाँले नीतिगत जटिलताका कारण उद्या्ेग धन्दा फस्टाउनु नसकेको हुनाले उद्योग मैत्री ऐन कानून निर्माण गरि लगानि मैत्री वातावरण निर्माणमा समेत सरोकारवाला लाग्ने खालको अवस्था आउन आवश्यक रहेको धारणा समेत उहाँले् राख्नुभयो ।
उहाँले कोरोना भाइरसका संक्रमण बढेको बेला आफुले लायन्स क्लबको मार्फत अक्सिजन बैंकको स्थापना गरि घर घरमा पुर्याएरु जीव्नमा प्राण वायु भर्ने काम गरेको समेत बताउनुभयो ।
उद्यमी अग्रवालले अव सबै उद्योगहरुलाई फस्टाउने खालको नीति ल्याउने योजना निर्माणमा हामी लाग्छौं र बिशेष गरि संकटको बेलामा अपारदर्शी रुपमा हुने नाफालाई रोक्ने र सही तरिकाले गरिएको ब्यापारबाट प्राप्त गरेको नाफाबाट पनि समाजीक उत्तरदायीत्व निर्बाह गर्दै अघि बढ्न सक्ने अवस्था निर्माण हुनुपर्छ त्यसमा हामी लाग्न तयार छौं ।
जबसम्म नागरिक चेतनशील हुन सक्दैन तवसम्म अनेक खालका समस्याका सृजना भैरहन्छ ।