बीरगंज, बैशाख ९
बाराको देवताल गाउँपालिकामा विकासको लहर छाएको छ । रोड,नाला , शिक्षा, स्वास्थ्य लगाएत हरेक क्षेत्रमा जोडतोडले बिकास भइरहेको गाउँपालिका अध्यक्ष चंदन सिंहले बताउनुभयो । त्यसै अनुरूप आज वडा नं १ र २ को बिच पर्ने झिटकैया फुलवरीया आश्रम नजिक एकै चोटी चार वटा योजनाको गाउँपालिका अध्यक्ष सिंहले शिलान्यास गर्नुभएको छ । १ , २ को वडा कार्यलय र स्वास्थ्य चौकी गाउँपालिकाको बजेटबाट र बर्थिङ सेन्टर केन्द्र सरकारको बजेटबाट निर्माण हुन गइरहेको अध्यक्ष सिंहले बताए । निर्माण हुन लागेको जग्गा विगतको दिनामा विवादित थियो तर अहिले एकृित भएको हुनाले कुनै किसिमको विवाद नरहेको धारणा व्यक्त गनुभयो । सराहनिय कामको लागि स्थानियले धन्यवाद सहित खुसि व्यक्त गरेका थिए सो शिलान्यास कार्यक्रममा बिभिन्न राजनिति दलका प्रतिनिधि , समाज सेवी तथा गाउँपालिका बासीको उलेखनिय सहभागिता रहेको थियो ।