पर्साको जगरनाथपुर गाउँपालिकामा झुन्डिएको एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वाड नं ४ जगरनाथपुर टोलमा बस्ने सुरेश यादवको अन्दाजी ३२ वर्षिय श्रीमती सावित्री देवीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी र मृत्युको कारण अहिले यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरि जानकारी दिनु भयो ।शवलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाई पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको प्रहरी निरीक्षक केसरी जानकारी दिनु भयो ।