पोखरीया । पर्साको पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहानसहितको टोलीले वडा नं ७ रानीगंज स्थित श्री महोबनी पदमा माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको छ । ‘वातावरण संरक्षणका निम्ति रुख रोपौ’ भन्ने अभियान अनुसार वृक्षारोपण गरिएको नगर प्रमुख चौहानले जानकारी दिए ।
स्थानिय दीपक ठाकुरका अनुसार कार्यक्रममा अशोक , सपेता , शिशो , शिरीष लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको थियो साथै आज बिरुवा रोपेर सुरुवात मात्र गरिएको थियो केही दिन भित्र विद्यालयको जग्गाजमीन नाप नक्सा गरी बाउण्डरी वाल गरी फेरि वृक्ष रोपण गरिने ठाकुरले बताए ।
वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले नगरपालिका भरिनै वृक्षरोपण गर्ने अभियान संचालन गरिने वडा अध्यक्ष प्रमानन्द प्रसाद कुर्मीले बताए ।
रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने कार्यक्रममा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल प्रसाद कुर्मीले बताएका छन् । साथै बिद्यालयको स्तरोनतीका लागी योगदान दिएका ब्यक्तित्वालाई नगर प्रमुख चौहानले सम्मान गर्नु भएका थिए ।
कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष महिन्द्र महतो , बिद्यालय प्रअ शंकर प्रसाद रौनियार , नेता श्रीकिशुन चौहन , नेजामुदिन समानी लगायतको उपस्थिति रहेको थियो।