बीरगंज, बैशाख १०
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.अमरपटीले कोभिड-१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्न बिन्दवासिनी गाउँपालिका वडा न-३ झौवा चौकमा र अमरपटिमा निशुल्क मास्क वितरण गरेको छ।
कोरोना भाइरसको महामारी तिव्र रुपमा फैलिरहेको अवस्थामा नागरिकलाई सचेत बनाउन मास्क बितरण तथा जनचेतना मूलक कार्यक्रम गरिएको बि.ओ.पि.अमरपटीका सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीले बताउनु भयो।साथै भारत बाट कोरोना महामारी नेपालमा भित्रीन नदिन सिमानाका हरुमा आवत जावत गर्न पूर्ण बन्देज गरिएकोले बोर्डर वारीपारि नगर्न स्थानीय बासिलाई अपिल समेत गर्नु भयो ।