बीरगंज, बैशाख १२


ईलाका प्रहरी कार्यालय प्रसौनी बारा र स्वच्छ समाज युवा क्लबको सहकार्यमा आज गण्डक चौकमा 200 भन्दा बढी निःशुल्क माक्स वितरण गरिएको छ । दोस्रो चरणको कोरोना भाइरस तिब्र गतिले बढदै गएको र यस्तो संकटको घडीमा बाँच्नको निम्ति आज गण्डक चौकमा सवारी चालक, सर्वसाधाण, यात्रु लगायतलाई माक्स वितरण गरिएको हो । यसका साथै सबै यात्रु, स्थानिय लगाएतका सर्वसाधाण जनतालाई इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज, प्रहरी निरीक्षक विन्देशवर यादवको नेतृत्वमा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह गरिएको थियो । इन्स्पेक्टर यादवले आफ्नो ईलाकालाई शान्ति सुरक्षाको साथै यो महामारीबाट वचन सक्ने हरेक उपाएको साथ काम गर्ने प्रतबद्धता जाहेर गर्नु भएको थियो । साथै वहाँले स्वच्छ समाज युवा क्लबलाई सहकार्यको लागी धन्यवाद दिनु भएको थियो र आउने दिनमा सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता जनाउनु भएको थियो । यसैगरी क्लबका अध्यक्ष भूपेन्द्र पटेलले आफूहरु निरन्तर सामाजिक कार्य गर्दै आएको र आउने दिनमा कोरोना भाइरसलाई लक्षितगरी छुटै किसिमको स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने जानकरी दिनु भयो। यस्तै परवानीपुर गाउँपालिकाका कार्यपालिका सदस्य सञ्जु साहले प्रहरी प्रशासन र सामुदायिक क्लबको सहकार्यमा आफू हरसम्भव साथ दिन तैयार रहेको बताउनु भएको थियो । वहाँले भर्खरै आफ्नो वडामा स्वचछ समाज युवा क्लबको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको र आउने दिनमा यस्तै किसिको सामाजिक कार्य गर्दै जाने बताउनु भयो थियो । माक्स वितरण कार्यक्रममा क्लबका उपाध्यक्ष उमेश साह कानु, सचिव त्रिलोक प्रताप सिंह, कोषाध्यक्ष मुस्तुफा आलम, सदस्यहरुमा सरोज यादव, प्रमोद यादव, अखिल पटेल, दरोगा यादव, इलाका प्रहरी कार्यालय प्रसाउनिका सइ राजकिशोर प्रसाद यादव, असई सुरेन्द्र हजरा, प्रहरी हवल्दार राजकिशोर यादव , दिनेश राम लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।