वीरगन्ज १३ बैशाख : कलैया उपमहानगरपालिका अन्तर्गत को शिक्षा महाशाखा ले सूचना जारी गर्दै कोभिड को महामारी लाई ध्यान मा राख्दै सम्पुर्ण तह को परिक्षा स्थगित गर्न जानकारी दिएको छ ।
उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । तर बारा को सदरमुकाम कलैया मा भने अधिकांस बिधालय ले आज सरकार को निर्णय बिपरित परिक्षा संचालन भैरहेको खबर प्राप्त भएको छ । यस विषय कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव संग बुझ्दा उनले परिक्षा स्थगित गरि तुरुन्त बिधालय बन्द गर्न निर्देशन दिएका छन् । उनले भने, सरकार को निर्णय बिपरित कुनै पनि बिधालयमा परिक्षा संचालन हुँदैन । हामी तुरुन्त अनुगमन गरेर बन्द गराउन्छौ ।