काठमाडौं । धादिङको गजुरीबाट त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते ८ जनाको उपचार भइरहेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान गजुरी–२ स्थित चालिसे भन्ने ठाउँबाट त्रिशूलीमा खसेको हो । दुर्घटनामा २ महिलासहित ८ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएकाे छ ।
धादिङ प्रहरीक प्रवक्ता सन्तु जयसवालका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये ८ जनाको मृत्यु भएको छ । ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।