बीरगंज,बैशाख १३
पर्साको ठोरी गापा -४ , ठाडोलाईनका ७१ वर्षीय सुकदोर्जे दोङ बाघको आक्रमणबाट घाइते भएका छन्। आज अपरान्ह करीब ५ बजेतिर ठाडोलाईन नजिकै रहेको मकै बारीमा गएका उनलाई मकैबारीमा लुकेर बसेको बाघले आक्रमण गरेको हो।मकै बारीभित्र लुकेर बसेको पाटेबाघले आक्रमण गरेर उनलाई लछारपछार गरेको छ। बाघको आक्रमणबाट उनको घाँटी , ढाड , हात लगायतका शरीरका विभिन्न अङ्गमा चोट लागेको छ। उनलाई स्थानीय क्लिनिकमा उपचार गरिएको छ। दोङ्लाई आक्रमण गरेपछि पनि मकै बारीमा लुकेर बसेको बाघलाई स्थानीयबासीले होहल्ला गरेर जङ्गल तर्फ धपाएका छन्।