वीरगन्ज । सदापोसाकमा घुम्ने नक्कली प्रहरी सहायक निरीक्षक (सई ) भन्ने व्यक्ति कुमोद साहलाई हतियार सहित प्रहरीले आज पक्राउ गरेको छ । सिराहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रसनि सहायक प्रहरी इन्सपेक्टर (स.ई) हुँ भन्दै व्यापारीलाई थर्काउने अवस्थामा नक्कली हतियार सहित उनलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ ( रामपुर ) बस्ने वर्ष अन्दाजी ४० को कुमोद कुमार साह नक्कली हतियार (हतियार जस्तो देखिनु)सहित भारतको लदनियाँबाट नेपालको दसगजा क्षेत्रमा व्यापारी र स्थानीयलाई तर्साउने अवस्थामा सशस्त्र प्रहरी वल बरियारपट्टीले पक्राउ गरेको छ।
व्यापारीलाई धम्क्याएर रकम मागेको साहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहा पठाएको सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरीक्षक कृष्ण थापा जानकारी दिए ।