वीरगन्ज । वीरगन्जमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरुद्ध नारावाजी गरी पक्राउ परेका युवाहरु रिहा भएका छन । वीरगन्जमा आज गृहमन्त्री श्रेष्ठ विरुद्ध नारावाजी गरी पक्राउ परेका पाँच जना हिन्दूवादी युवाहरु रिहा भएका हुन । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न बिहान गृहमन्त्री श्रेष्ठ कार्यक्रम स्थल पुगेकै बेला हिन्दूवादी युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले गौ हत्या गर्नेहरुलाई फाँसी दे , गृहमन्त्री मुर्दावाद , गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागी पाँच जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको चौतफी बिरोध हुन थालेको थियो । समाजिक संजालमा समेत रिहा गर्न माँग बढेको थियो । पछि प्रहरीले उनीहरुलाई रिहा गरेको थियो । रिहा हुनेमा वीरगन्ज १० का मुन्ना कुमार साह , वीरगन्ज १ का विशाल कुमार , वीरगन्ज ८ का राज गुप्ता र वीरगन्ज ५ का प्रज्वल डंगोल रहेका छन् । उनिहरुलाई दिउँसो छोडिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।