वीरगंज, वैशाख १४
पर्साको पोखरिया नगरपालिकाका युवा समाजसेवीहरूले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई आज एक कार्यक्रमका बिच स्वास्थ्य समाग्री सहयोग गरेका छन ।नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित हस्तांतरण कार्यक्रममा समाजसेवी नौसाद आलम र मनिर आलमले ५ सय पिस मास्क तथा २५ वटा सेनेटाइजनर पत्रकार महासंघ पर्सालाई हस्तान्तरण गरेका हुन ।शाखाका अध्यक्ष अनुप तिवारी र सचिव भुषण यादवलाई कोरोनाबाट पत्रकारहरुलाई जोगिनका लागि सजिलो होस् भन्ने उद्देश्यले मास्क तथा सेनेटाइजर उपलब्ध गराइएको समाजसेवी नौसाद आलमले बताउनु भयो ।समाजसेवी आलमद्वयले पत्रकार महासंघका अध्यक्ष तिवारी र सचिव यादवलाई उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गर्नु भएको हो । कार्यक्रममा सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।