वीरगंज,बैशाख १५
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आजदेखि १७२ बेड क्षमताको कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोभिड अस्पताललाई पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले संयुक्त रुपमा अस्पतालको उद्घाटन गर्नुभएको छ ।वीरगंज नगवामा रहेको बाबा होटलको भवनमा सुबिधा सम्पन्न तथा नेपाल सरकारको मापदण्ड अनुसार कोभिड अस्पताल संचालनमा ल्याइएको नेशनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अंसारीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा २० वटा आईसियु, १२ वटा ईमरजेन्सी, ३० वटा केबिन र ११० वटा जेनरल वेडको व्यवस्था गरिएकोे जानकारी दिनुभयो ।उहाँले बिरामीलाई आवश्यक पर्ने औषधि ,भेन्टिेलेटर,अक्सिजनको पनि पर्याप्त व्यवस्था गरिएको जानकरीदिनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव श्याम बन्जारा, अस्पतालका डाक्टर लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।