वीरगंज । पर्साको विजयवस्तीमा आज बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
ठोरी गाउँपालिका वडा नंबर ४ विजयवस्तीस्थित नेवा पेट्रोल पम्पको पछाडी जगरनाथपुर गाउँपालिका वडा नं १ विशुनपूर्वा बस्ने अन्दाजी ४० बर्षिय लालमहमद मियाँ धुनिया मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पेट्रोलपम्प पछाडिको खेतमा उनको शव फेला परेकाे मृतकका दाई फत मियाँ धुनियाले जानकारी गराए । उनका अनुसार उनका मृतक भाईलाई हिजो ठोरीबाट कोई व्यक्तिले उनलाई फोन गरी बोलाएका थिए । त्यस पछि मृतक धुनियाँ ठोरी गएका थिए र आज उनको शव फेला परेकोमा निजको मृत्यु नभई हत्या गरिएको उनले बताए । योजनाबद्ध तरिकाले मेरो भाइलाई हिजो फोन मार्फत ठोरी बोलाई हत्या गरिएको उनले बताए ।
शव फेला परेको जानकारी प्राप्त हुने बित्तिकै पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थलमा पुगी शव मुचुल्का गरी पोस्टमा्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ साथै घटना बारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी उपरीक्षक शाहले बताए ।