बीरगंज, बैशाख १५
प्रदेश नं २ जिल्ला पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा सदस्य प्रह्लाद गिरीले पोखरिया नगरपलिका वडा नम्बर ७ रानीगंज श्रिशिया स्थित शेरा फिल्ड (खेल मैदान) मा स्टेड मञ्चको शिलन्यास गरेका हुन् ।प्रदेश सभा सदस्य गिरीले आफ्नो कार्यकालमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा विकास निर्माणका सबैभन्दा धेरै काम भएको दावी गरे । म निर्वाचित भएर आएदेखि यस क्षेत्रमा सबैभन्दा धेरै विकास निर्माणका काम हरु सुरु भएका छन् । स्टेड निर्माण हुनेभएपछि स्थानीय खेलाडीहरू हर्षित भएका छन् । शिलन्यास कार्यक्रममा नेता नेजामुदिन् समानी , पोखरिया नगरपलिकाकी उपमेयर सालमा खातुन, विन्दाचल ठाकुर, वडा अध्यक्ष शियानन्द चौहान, लगायतको उपस्थिति रहेको थियो।