वीरगन्ज । पर्साको वीरगन्ज वीर्तास्थित बाल सुधार गृहमा भएको हिंसात्मक घटना पछि बालबालिकाहरु बाहिर निस्केर न्यू नेपाल प्याथलोजी क्लिनिकमा तोडफोड गर्दा २४ लाख ५८ हजार बराबरको क्षति भएको छ ।
वीरगन्ज बाल सुधार गृहमा बालबालिकाहरुको तोडफोडबाट न्यू नेपाल प्याथलोजी क्लिनिकमा २४ लाख ५८ हजार बराबरको क्षति पुगेको बताए क्लिनिक सञ्चालक राजीव तिवारीले बताए । उनका अनुसार उनीहरूको तोडफोडबाट ३० हजारको कम्प्युटर - १ थान , १० हजारको प्रिन्टर १ थान , १० लाखको CBC Analyzer १ थान , ३ लाखको Bio-Chemistry Analyzer १ थान , १० हजारको ढोका १ पिस , ८ हजारको CRP Reagent ५ बक्स ,३ लाखको probe Clener ३० बक्स , ३ लाखको Easy Clener ३० बक्स , ३ लाखको Cuse ३० फुल्युट , १ लाखको Diluent १० बक्स र १ लाखको Rinse १० बक्स गरी कुल २४ लाख ५८ हजार बराबरको क्षति भएको बताए ।
भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको विषयलाई लिएर बालसुधार गृहबाट सुरु भएको झडप छेउ मै रहेको क्लिनिकमा समेत पुगेका बालबालिकाहरूले तोडफोड ठूलो क्षति पुगेको सञ्चालक तिवारीले बताए ।
मंगलबार साढे सात बजेदेखि भएको झडप बुधबार अपराह्न ४ बजे साम्य भएको थियो भने उनीहरूले मंगलबार राती ११ बजे देखि नै उक्त क्लिनिकमा छिरी बुधबार १२ बजेसम्म तोडफोड गरेका सञ्चालक तिवारीको भनाइ छ ।