वीरगन्ज । प्रेस काउन्सिल नेपालकोे ५४ औ स्थापना दिवसको अवसरमा पर्साका तीनजना पत्रकार सम्मान र पुरस्कार पाउने भएका छन । स्थापना दिवसको अवसरमा असोज ६ गते उनीहरु विभिन्न सम्मान र पुरस्कार पाउने हुन लागेका हुन । प्रेस काउन्सिल नेपालको पुर्व सदस्यका तर्फबाट जगदीश शर्मा सम्मानित हुने काउन्सिलले जनाएको छ । यस्तै युवा पत्रकारिता पुरस्कार युवराज खड्का र समावेशी पत्रकारिता पुरस्कार रितेश त्रिपाठी पाउने छन । काउन्सिलको ५४ औ स्थापना दिवस कै दिन हुने कार्यक्रममा उनीहरु राष्ट्रपतिको हातबाट सम्मान र पुरस्कार पाउने प्रेस काउन्सिल नेपालले जारी गरेको सुचनामा उल्लेख छ । प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसमा बर्षेनी पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । यसपटक पनि प्रेस काउन्सिल नेपालले विभिन्न पुरस्कारबाट देशभरका पत्रकारलाई पुरस्कार दिने लागेको हो