वीरगंज , बैशाख १६
पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ टोल भेडिहारीमा बिहिबार एक किराना पसलमा आगलगी हुँदा ३ जना घाइते भएका छन् । स्थानिय बासिन्दा रुपेश साहकाे किराना पसलमा लागेको आगलगीमा परी एक ४ बर्षिय बालिकासहित ३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।घाइते हुनेमा पसल संचालक साहकाे ४ बर्षिय छाेरी अर्पणा कुमारी, साेही ठाउँ निवासी हरिकिशाेर चाैरसियाका १४ बर्षिय छाेरा प्रमेशवर चाैरसिया र पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मिपुर बस्ने ४० बर्षिय श्यामसुन्दर चाैहान रहेका छन् ।घाइतेहरुकाे नारायणी अस्पताल बीरगंजमा उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ । घाइते मध्ये अर्पणा अवस्था गम्भिर रहेकाे छ । आगलागीले करिब ३ लाख बराबरकाे क्षति भएकाे जनाइएकाे छ ।स्थानियका अनुसार पेट्राैलले आगलागी भएकाे हाे भने प्रहरीले आगलागीकाे कारण खुल्न नसकेकाे जनाएकाे छ ।