वीरगंज,बैशाख १६
जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि पर्सा जिल्लामा निषेधाज्ञा आदेश जारी गरेकोमा वीरगंज महानगरपालिका बाहेकका गाउँपालिकाहरुमा यसको असर सामान्य देखियो । वीरगंज महानगरमा निषेधाज्ञामा तोकिएको मापदण्ड अनुसारको गतिविधिबाहेक अन्य नियन्त्रणमा बिहानदेखि सुरक्ष्ाँकर्मी तैनाथ थिए । उनीहरुले पसलहरु सञ्चालनमा रोक लगाए । स्वीकृतिविना सञ्चालनमा रहेका सवारी साधनहरु नियन्त्रणमा लिए । मानिसहरुलाई विनाकारण बाहिर घुमफिरमा रोक लगाएका थिए । अलखियामठ, आदर्शनगर, माईस्थान, घण्टाघर, मुर्लीचोक, पावरहाउसचोक, मेनरोडका यी ठाउ“हरुलगायत अन्य चोकहरुमा पनि प्रहरी निगरानी बढाइएको थियो । वीरगंज महानगरमा निषेधाज्ञा प्रभावकारी देखिए पनि महानगरबाहेक १३ वटा पालिकामा निषेधाज्ञा आदेश खासै प्रभावकारी नभएको पाइएको छ ।