बिरगंज । समाजिक सस्था दिब्य युवा क्लब र बिरगंज महानगरपालिकाको सामाजिक परिचालन शाखाको कर्मचारीको मिलोमतोमा लाखौ रकम भ्रष्टाचार भएको खुलासा भएको छ ।
दिब्य यूवा कल्बको आयोजनामा तथा बिरगंज महानगरपालिकाको सहयोगमा र हेल्भेटास नेपालको सामी परियोजनाको बिशेश टेक्निकल सपोर्टमा संचालित सामी परियोजनाको पहिलो कार्यकालको लागि बिरगंज महानगरले सार्बजनिक सूचना निकाली संस्था छनोट गरेको थियो ।
तर दोस्रो कार्यकालको लागि माहानगरको कर्मचारी तथा दिव्य यूवा कल्बको मिलोमतोमा सुचना आह्वान नै नगरी महानगरले सिधै सम्झौता गरि नियत बस भ्रष्टाचार गरेको छ ।
यो भ्रष्टचार कार्यमा महानगरपालिकाको उच्च स्तरको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतो रहेको यति सम्म भएको कार्यले प्रष्ट बुझ्न सकिन्छ । वैदेशिक रोजगारिमा बिदेश जाने युवाहरुको सुरक्षालाई लक्षित गरेर नेपाल सरकारको श्रम रोजगार तथा व्यवस्था मन्त्रालयले प्रदेश सरकारको समन्वयमा बिरगंज महानगर पालिकाले आयोजना गर्ने गरी गत आर्थिक बर्षमा ३६ लाख बजेट दिएको थियो ।
सो कार्यक्रम महानगर पालिकाको सामाजिक सस्था परिचालन शाखाले दिब्य युवा क्लबलाई कार्यक्रम सन्चालन गर्न दिएको थियो । कार्यक्रममा वैदेशिक रोजगारमा जाने युवाहरुलाई सुरक्षित रहने तालिम दिनु पर्ने पालिकाका वडा सचीवहरुले वैदेशिक रोजगारमा जानेहरुलाई आवश्यक परामर्श दिनु पर्ने लगाएतको तालिम दिनु पर्ने थियो तर दिब्य युवा क्लबका अध्यक्ष रमाकान्त पटेल र बिरगन्ज नगरपालिकाको सामाजिक संस्था परिचालन शाखाका प्रमुख मुकेश गुप्ताको आपसी मिलोमतोमा एक दुइचोटी मात्र कार्यक्रम गरी एउटै कार्यक्रमको बिभिन्न कोणबाट फाेटाे खिचि प्रशिक्षक र सहभागीको जाली उपस्थिति देखाएर बिलभौचर तयार गरि ३६ लाख बजेट मध्ये ३३ लाख हिनामिना गरेका छन ।
स्रोतका अनुसार कार्यक्रम गर्दा पाच लाख पनि खर्च नभएको जाली कागजपत्र र फोटो पेस गरी रकम निकाली गरी भागबन्डा गरेका थिए । सङ्घ सरकारले सन्चालन गरिसकेको कार्यक्रम प्रदेश सरकार र स्थानीय निकायले गर्न नपाउने गरेको खण्डमा अमान्य हुने कानुनी ब्यबस्था हुदाहुदै पनि महानगरको सामाजिक परिचालन शाखाले केन्द्रको निर्देशन समेतको अवज्ञा गरि केन्द्रले आयोजना गरिसकेको कार्यक्रमको बजेट सिध्याउन कानुन मिचेर भ्रष्टाचार गरेको प्रमाणित भएको छ । उक्त रकम महालेखा परीक्षकको कार्यालयले अमान्य भएको भन्दै बेरुजु पनि देखाएको छ ।