बिरगंज । संघीय सरकार मातहत रहेको मधेस प्रदेशको एक मात्र बाल सुधार गृहमा बाल बन्दिहरुके विद्रोह गरेका थिए । बाल बन्दिहरुले १८ घन्टा सम्म सुधार गृहका प्रमुखलाई नियन्त्रणमा राखेका पनि थिए पछी बार्ताको माध्यम बाट विद्रोह साम्य भयो ।
बिरगंजको बाल सुधार गृह वास्तवमा सुधार गृह नभए याताना गृह थियो बाल बन्दिहरुलाई अमानवीय रुपमा यातना दिने गरिन्थ्यो खनपानमा , बसोबासमा उपचारमा समेत चरम भेदभाव गरिन्थियो । बाल बन्दिहरुलाई आर्थिक शोषण समेत गरिन्थियो सुधार गृह प्रमुख टीकाकृष्ण काफ्लेले बालबन्दिलाई दिइने सुबिधा आफैले हिनामिना गर्दै आएका थिए ।
बालबन्दिहरु माथि चरम बिभेद हुने गरेको थियो । बालबन्दिहरुले आफुहरु माथी चरम यातना दिने गरेकोले अति भएपछि बिद्रोहमा उत्रिएका थिए । भक्तपुरबाट सरुवा भएर आएका बालबन्दिहरुसङ्गको बिबाद एउटा बाहाना मात्र थियो ।
असली कारण भनेको बाल बन्दिहरु माथिको अन्याय अत्यचार नै थियो । बाल बिद्रोहलाई पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले बिद्रोहि बालबन्दिहरुसङ्ग बार्ता गरि मौखिक सहमतिमा समस्या समाधान गरिएको थियो तर पुरा गर्नको लागी भने थिएन ।
बाल सुधार गृह भनेको जानि नजानि अपराध गरेका नाबालकहरुलाई शुधार्नको लागी बालशुधार गृहामा राखेर शिक्षा , दिक्षा र स्वास्थ सुबिधा खेलकुद अतिरिक्त कृयाकलापको सुबिधा दिएर राखिन्छ । उनिहरुमाथि कुनैपनि किसिमको भेदभाव गर्न पाइदैन उनिहरुले जानि नजानि अपराध गरेको भएपनि सुधार गरेर असल नागरिक बनाउने प्रयास गर्नु पर्ने शुधार गृहको दायित्व हो तर बिरगंज बाल शुधार गृहमा ठिक त्यस्को बिपरितको काम हुदै आएको थियो ।
यस विषयमा बाल सुधार गृह प्रमुख काफ्ले हामीले सबैको लागि प्रत्येक कुरा पुर्याएका छौ । केही कमी गरेको छैन । पुरै आरोप निराधार रहेको जिकिर गरे।