बिरगंज । बिरगंज महानगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष मनोज राउत कुर्मी महिनौ देखी कार्यालय नगएको कारण सेवाग्राहीले सास्ती __ भोग्न परिरहेको छ ।
वडा नम्बर १ का वडा अध्यक्ष कुर्मी जनताको काम छाडेर काठमाडौं गएर बसेको एक महिना भन्दा बढि समय भई सक्यो अध्यक्ष नहुँदा समान्य सिफारिसको काम देखि बिकास निर्माणको काम समेत प्रभावित भएको स्थानियले बताएका छन ।
कुर्मी निर्वाचित भए देखि नै कार्यालयमा कम आउने गरेको काठमाडौं गएपछि महिनौ बस्ने गरेकोले सेवाग्राहीले साधारण देखी गाउँ घरमा आइपर्ने समस्याको समाधान बिकास निर्माणका कामहरु प्रभाबित हुने गरेको स्थानियले गुनासो गरेका छन ।