वीरगन्ज । पर्साको बिरगंजबाट रोकिएको कवाडीकाे तस्करी बाराको मटिआर्वा नाका भएर निर्वादरुपले भारत तर्फ तस्करी भैरहेको स्थानीयहरुले बताएका छन ।
बिरगंज नाका भएर बिगतमा ठुलो परिमाणको कवाडीको सामान भारत तर्फ तस्करी हुदै आएको थियो । प्रहरी प्रशासनसङ्ग सेटिङ नमिलेको कारण लामो समय देखी छिटपुट कवाडी भारत तर्फ तस्करी भए पनि बिगतमा जस्तो गरि तस्करी हुन पाएको छैन ।
अहिले बाराको मटिआर्वा नाका तस्करहरुको लागी स्वर्ग भएको छ सो नाका भएर भारतिय मालसामान निर्वादरुपको चोरी तस्करी भैरहेको छ भने नेपालबाट कवाडी लगाएतका सामानहरु भारत तर्फ तस्करी भैरहेको छ ।
स्थानीयको अनुसार दिन रात तस्करीको लाईन खुल्ला छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले तस्करहरुसङ्ग महिनावारी र हप्तावारि रकम बुझेर तस्करीको लाईन दिएका छन ।