वीरगन्ज । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सरकारको निर्णय बमोजिम पकाहा मैनपुर गाउँपालिकामा पनि आज राष्ट्रिय शोक मनाई राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा आज राष्ट्रिय शोक मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरे बमोजिम राष्ट्रिय शोक मनाई राष्ट्रिय झण्डा आधा झुकाइएको प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले बताए ।
शनिवार प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो ।